aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

चिनियाँ कारोबारमा लाग्दै छ ठुलो धक्का, २४ मोबाइल कम्पनी भारत आउने तयारीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ भदौ २०७७
चिनियाँ कारोबारमा लाग्दै छ ठुलो धक्का, २४ मोबाइल कम्पनी भारत आउने तयारीमा

एजेन्सी । चीनबाट आफ्नो कारोबारलाई समेट्ने तयारी गरिरहेका २४ मोबाइल कम्पनीले भारतमा आफ्नो कारखाना खोल्ने भएका छन् । मोबाइल फोन निर्माता कम्पनीहरूले डेढ अर्ब डलरको लगानी गर्ने भएपछि भारत मक्ख छ भने चीनलाई चाहिँ ठुलो आर्थिक धक्का लाग्ने भएको छ । 

चीनको अर्थव्यवस्थालाई कमजोर पार्ने अमेरिकी योजनामा भारत समेत सामेल छ । धेरै चिनियाँ उत्पादनहरू भारतले प्रतिबन्ध लगाइसकेको छ भने त्यहाँ चिनियाँ उत्पादन बहिष्कार गर्ने अभियान नै जारी छ । चिनियाँ उत्पादनको विकल्प खोज्ने क्रममा यी दुवै मुलुकहरू लागि परेका छन् । 

अन्तर्राष्ट्रिय समाचार संस्था ब्लुमबर्गका अनुसार सामसुङ, एप्पल जस्ता ठुला मोबाइल निर्माता कम्पनीका एसेम्ली साझेदार कम्पनीहरू भारतमा आफ्नो फ्याक्ट्री लगाउन चाहन्छन् । 

यसअघि पनि चीनबाट आफ्नो कारोबार घटाउने कम्पनीहरूले भियतनाम, कम्बोडिया, म्यानमार, बंगालादेश र थाइल्यान्डमा लगानी विस्तार गर्ने तत्परता देखाएका थिए । 

प्रतिक्रिया दिनुहोस