aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

ढल्दैछ अमेरिकी अर्थतन्त्र, जिडिपीमा ३३ प्रतिशत ह्रास

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ भदौ २०७७
ढल्दैछ अमेरिकी अर्थतन्त्र, जिडिपीमा ३३ प्रतिशत ह्रास

विगत केही वर्ष यता बढ्दो क्रममा रहेको अमेरिकाको कुल ग्राहस्थ उत्पादनको अंकमा यो साल ठुलो गिरावट आएको छ । त्यहाँको अर्थतन्त्र ढल्ने अवस्थामा पुगेको कतिपय अर्थशास्त्रिहरुले टिप्पणी गर्न थालेका छन् । 

‘बाई शेयर्स’ नामक सस्थाले जारी गरेको अमेरिकाको अर्थतन्त्रको अवस्था सम्बन्धी तंथ्याकमा सुन् २०२० को दोस्रो त्रैमासमा जिडिपी ३२.९ प्रतिशतले झरेको छ । यो सुन् १९४७ अर्थात् ७० वर्ष यताकै सर्वाधिक ठुलो गिरावट हो । स्मरण रहोस्, यस्तो तथ्याकं राख्ने काम सोही वर्षबाट मात्रै शुरु भएको कारणले यस पटकको गिरावटलाई ऐतिहासिक गिरावट मानिएको छ । 

त्यसो त, यसअघि सन् १९५८, १९८० र २००८ मा समेत क्रमशः १० प्रतिशत, ८ प्रतिशत र ८ं४ प्रतिशतको गिरावट देखिएको थियो । सुन् २००८ को आर्थिक मन्दी पछि अमेरिकी अर्थतन्त्र तङ्ग्रिन निकै लामो समय लागेको थियो भने अहिले आएर लगभग उठ्नै गाह्रो पर्नेगरि थलिने सम्भावना देखिएको छ । 

यो आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा अमेरिकी अर्थतन्त्र १७. २ ट्रिलियन डलरमा खुम्चिएको छ । जुन सन् २०१९ मा १९.०९ ट्रिलियन डलरको थियो । 


कोरोना भाइरसका कारण सम्पूर्ण आर्थिक गतिविधि ठप्प हुँदा बढेको बेरोजगारी र व्यापार व्यवसायमा आएको मन्दीले यस्तो स्थिति देखा परेको हो । अमेरिकी अर्थविद्हरूले यो अवस्थालाई चिन्ताजनक भनेका छन् । किनकि जिडिपीमा गिरावट आउँदा त्यसको प्रत्यक्ष असर पुजिँबजारमा समेत पर्ने गर्छ । अमेरिकाको पुजिँबजारमा महामारीको बिचमा कतिपय कम्पनीहरूको मूल्य क्रयासको अवस्थामा पुगेको थियो । 

अमेरिकी सरकारले अर्थतन्त्रमा खर्शौँ डलर नखन्याउने हो भने स्थिति झन् भयावह हुने एकातिर देखिँदै छ भने अर्कोतिर पैसा छापेर लगातार बाँडिरहँदा डलरको साख गुम्ने खतरा पनि त्यतिकै छ । 

त्यसो त अहिले नै पनि अन्य धेरै मुद्राहरूको तुलनामा अमेरिकी डलर कमजोर बनेको छ । सुन लगायत मूल्य वान धातुहरूको भाउ धेरै नै बढेको छ । अनि, डलरमा कारोबार हुने हुँदा तेलको मूल्य समेत सस्तिएको छ । 

यसरी विश्वव्यापी अर्थ वाणिज्यमा प्रत्यक्ष असर पार्ने अमेरिकी अर्थतन्त्र र डलरको बेहाल हुँदा यसले कस्तो प्रभाव छोड्ने हो त्यो चाहिँ यो वर्षको अन्त्यमा मात्रै देखिने छ । 

प्रतिक्रिया दिनुहोस