aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

गण्डकी प्रदेशकाे बजेट प्राथमिकताः पर्यटन, कृषि र पूर्वाधार निर्माण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ जेठ २०७६
गण्डकी प्रदेशकाे बजेट प्राथमिकताः पर्यटन, कृषि र पूर्वाधार निर्माण

गण्डकी प्रदेशका आर्थिक मामिला योजना मन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७६/०७७ को बजेटका सिद्धान्त र प्राथमिकता प्रदेश संसदमा प्रस्तुत गरेका छन्।

उनले प्रदेशको विकासमा बजेटले पर्यटन, कृषि र पूर्वाधार निर्माणका लागि प्राथमिकता दिएको बताएका छन्। संसदमा सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै गुरुङले प्रदेशको आर्थिक विकासका लागि २०१९ लाई ‘आन्तरिक पर्यटन वर्ष’, सन् २०२० लाई ‘छिमेकी आकर्षण पर्यटन वर्ष’ र सन् २०२२ लाई ‘अन्तर्राष्ट्रिय पर्यटन वर्ष’को रुपमा मनाउने कार्यक्रमलाई निरन्तरता दिएको बताए।

यसैगरी, उज्यालो प्रदेश, मुख्यमन्त्री जलवायुमैत्री नूमना कृषि गाउँ कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरे। मुस्ताङ, गोरखाको चुमनुब्री, मनाङ र बागलुङको ढोरपाटन क्षेत्रको पर्यटन विकासलाई प्राथमिकतामा राखेको गुरुङले बताए।

मन्त्री गुरुङले प्रदेश गौरबका आयोजना तथा प्रदेशस्तरका लोकमार्गहरु कोरला पोखरा भिमाद त्रिवेणी र शालिग्राम सांस्कृतिक करिडोर, स्थानीय तहको केन्द्रबाट प्रदेश राजधानी जोड्ने सडकहरु निर्माणलाई प्राथमिकतामा राखेको बताए।

बजेटका विषयमा थप छलफल गर्न संसदमा जेठ १९ गते बैठक डाकिएको छ।

प्रतिक्रिया दिनुहोस