aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

काेराेना भ्याक्सिन बनाउनेलाई पश्चिमा राष्ट्रकाे प्रलाेभन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ भदौ २०७७
काेराेना भ्याक्सिन बनाउनेलाई पश्चिमा राष्ट्रकाे प्रलाेभन

एजेन्सी । मस्को-रुसका खोप विकास निकायका प्रमुखले पश्चिमा अनुसन्धान इन्सटिच्यूटहरुले आफ्नो वैज्ञानिकलाई प्रलोभनमा पार्न खोजेको आरोप लगाएका छन् ।

युरोप र अमेरिकामा काम गर्नका लागि रुसबाट वैज्ञानिक आकर्षित गर्न खोजेको आरोप अलेक्जेन्डर गिन्ट्सबर्गले लगाएका छन् । गिन्ट्सबर्ग गामालेया नेशनल रिसर्च सेन्टर फर इमिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीका प्रमुख हुन् । यो संस्थाले रुसको कोरोनाभाइरसको खोप विकास गरेको थियो । जसलाई गत साता मात्रै नियामक स्वीकृति प्रदान गरिएको थियो ।

गिन्ट्सबगलिे आफ्नो दावीका लागि कुनै प्रमाण पेश गरेका छैनन् र कुनै विशेष संस्थालाई पनि उल्लेख गरेका छैनन् । “हाम्रा अनुसन्धाकर्मीहरुले गामालेया इन्सटिच्यूटमा १० वर्षदेखि काम गरिरहेका छन् । कुनै पनि अमेरिकी र युरोपेली विश्वविद्यालयले यस किसिमका अनुसन्धानकर्मीहरुको सपना देखेका छन् । र उनीहरुले हाम्रा वैज्ञानिकलाई तान्न खोजेका छन् । तर उनीहरु यसो गर्नका लागि सफल हुने छैनन्,”उनले बताए ।

रुसले अगस्ट ११ मा आफ्नो कोरोनाभाइरस खोप दर्ता गरेको थियो । यस किसिमको खोप दर्ता गर्ने रुस पहिलो मुलुक भएको थियो ।

पश्चिमा स्वास्थ्य अधिकारीले रुसको खोपको घोषणालाई शंका र चासोका साथ हेर्दै आएका छन् र यसको सक्षमता र सुरक्षाप्रति सवाल गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस