aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

सीडीओलाई विशेष अधिकार, जुनसुकै बेला कर्फ्यु लगाउन सक्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ भदौ २०७७
सीडीओलाई विशेष अधिकार, जुनसुकै बेला कर्फ्यु लगाउन सक्ने

काठमाडौं । प्रमुख जिल्ला अधिकारी (सिडीओ)ले जुनसुकै बेला निषेधाज्ञा जारी गर्न सक्ने भएका छन् । सरकारले कोरोना भाइरस सङ्क्रमणको जोखिम विश्लेषण गरेर सीडीओले जुनसुकै बेला निषेधाज्ञा जारी गर्न सक्ने गरी अधिकार प्रदान गरेको हो । 

अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सोमबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दैै जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिले जोखिमको विश्लेषण गरी सम्बन्धित जिल्लाभरि वा जिल्लाको कुनै भागमा मात्रै लागू हुने गरी निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको बताए  त्यसको लागि सरकारले स्थानीय प्रशासन ऐन २०२८ को अधिकार प्रमुख जिल्ला अधिकारीलाई सुम्पने निर्णय गरेको हो । 

निषेधाज्ञा जारी भएको अवस्थामा सरकारी कार्यालयमा न्यूनतम कर्मचारीसहित कार्यालय चलाउने, अरुलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन पनि सरकारले निर्देशन दिएको छ ।

यस्तै सङ्क्रामक रोग ऐन २०२० तथा सरकारले जारी गरेका अरु निर्देशनअनुसारका निर्देशिका, आदेश तथा निर्णय अटेर गरेमा कडा कारबाही गर्न पनि सरकारले प्रमुख जिल्ला अधिकारीसहित विभिन्न मन्त्रालय र गृह प्रशासनलाई निर्देशन दिएको छ । 

प्रतिक्रिया दिनुहोस