काठमाडौं । सरकारले तीन देशका लागि राजदूत नियुक्त गरेको छ। अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सोमबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै जर्मनी, बेल्जियम र पाकिस्तानका लागि राजदूत सिफारिस गरेको जानकारी दिएका हुन् ।
सरकारले युरोपियन युनियन (ईयू) र बेल्जियमका लागि नेपाली राजदूतमा गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि नेपाली राजदूतमा रामकाजी खड्कालाई नियुक्त गरेको हो । उनीहरु सबै परराष्ट्र मन्त्रालयका कर्मचारी हुन् ।
प्रतिक्रिया दिनुहोस