aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सस्तो वाइनले फेरी बढायो चीन र अस्ट्रेलिया बिच विवाद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ भदौ २०७७
सस्तो वाइनले फेरी बढायो चीन र अस्ट्रेलिया बिच विवाद

एजेन्सी। चीनले अस्ट्रेलियाको मदिराको आयात मूल्यमा अनुसन्धान सुरु गरेको छ। दुई देशका बिचमा रक्सीको मूल्यलाई लिएर विवाद बढेको छ।

चीनले अस्ट्रेलियाका उत्पादकहरूले बजारमा उनीहरूको प्रभाव बढाउन जानाजानी सस्तो वाइन बिक्री गरिरहेका छन् कि भनेर यस विषयमा अनुसन्धान गर्न खोजेको बताइएको छ।

हालैका महिनाहरूमा चीनले गाईको मासु र जौलाई लिएर अस्ट्रेलियालाई पनि लक्षित गरिरहेको थियो। अस्ट्रेलियाले चीनले गरेको अनुसन्धानमा आश्चर्य व्यक्त गरेको छ।

जब अष्ट्रेलियाले कोरोना सङ्क्रमणको प्रकोपको स्वतन्त्र अनुसन्धानको माग गर्‍यो चीनले अष्ट्रेलियामा आर्थिक प्रतिबन्ध लगायो। अष्ट्रेलियाले चीनमा हरेक वर्ष करिब एक अरब डलरको मदिरा बिक्री गर्ने गरेको छ। अस्ट्रेलियाले फ्रान्स भन्दा बढी बोतल रक्सी चीन पठाउँदै आएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले यस अनुसन्धानको बारेमा एउटा समाचार ब्रीफिंगमा उनले भने कि यसबारे धेरै अनुमान गर्नु गलत हुनेछ।

झाओ लिजियनले भने, "मैले चीनको स्थिति स्पष्ट गरेको छु। यो एन्टी डम्पिङको  साधारण मामला हो, त्यसैले कृपया यस साधारण कुराको बारेमा कुनै अनावश्यक अनुमान नबनाउनुहोस्।"

प्रतिक्रिया दिनुहोस