
चितवन । चितवनको भण्डारास्थित बाहिनीमा ७७ जनाको कोरोना परिक्षण गर्दा ५० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । शशस्त्र प्रहरीको बागमती प्रदेश मुख्यालयका ५० जना प्रहरीका कोरोना संक्रमण पुष्टि भएको मुख्यालयका डिआइजी मन्दिप श्रेष्ठले जानकारी दिए ।
प्रहरीमै ठुलो शङख्यामा कोरोना संक्रमित भेटिएपनि प्रशासनिक काम हुने भएकोले समुदायमा फैलिने सम्भावना भने नरहेको मुख्यालयको दाबि छ । दश दिन अगाडी १७ जनाको स्वाब परिक्षण गर्दा ८ जनाका कोरोना संक्रमण पुष्टि भएकोमा सोहि आधारमा सोमाबार गरिएको ६० जना मध्य ४२ जनामा कोरोना पोजेटिभ पाईएको हो ।
शशस्त्र मुख्यालयका कर्मचारी मध्य २ जना भरतपुर अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छन् भने अन्य ४८ जनालाई बाहिनी भित्रै राखिएको डिआइजी श्रेष्ठले जानकारी दिए । मुख्यालयले बाहिनी भित्रै छुट्टै आइसोलेसन बनाएर संक्रमितलाई राखेरै बाहिनीकै स्वास्थ्यकर्मीले सेवा दिईरहेका छन् ।
मुख्यालयले कोरोना संक्रमितको सम्पर्कमा आएका अन्यलाई पनि छुट्टा छुट्टै समुह बनाएर राखेको छ । मुख्यालयमा रहेकाहरुमा हाल सम्म सामान्य ज्वरो र रुघाखोकीबाहेक अन्य लक्षण देखिएको छैन । उनिरुलाई अस्पताल लैजान पर्ने किसिमको अबस्था आइपरेको खण्डमा भन्दै मुख्यालयले एम्बुलेन्स तयारी अवस्थामा राखेको छ ।
मुख्यालयका डिआइजी श्रेष्ठका अनुसार सुरुमा २ नम्बर प्रदेशबाट आएका दुई जनामा ज्वरो तथा रुघाको लागेको थियो लगतै पटक पटक गरेर ८/१० जनामा सामान्य ज्वरो आएको थियो । सोहि आधारमा साउन २५ मै दुई जना सहित उनिहरुको सम्पर्कमा आएका १७ जनाको स्वाव परिक्षण गर्दा ८ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस