aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

करिब २४ अर्ब ऋण र ४ अर्ब अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ भदौ २०७७
करिब २४ अर्ब ऋण र ४ अर्ब अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले एसियाली विकास बैंकबाट ऋण र नर्वे सरकारबाट अनुदान स्वीकार गर्ने निर्णय लिएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले एसियाली विकास बैंकबाट २ सय मिलियन अमेरिकी डलर (करिब २३ अर्ब ८८ करोड रुपैयाँ) ऋण स्वीकार गरिएको हो । उक्त ऋण सहुलियतपूर्ण रहेको सरकारका प्रवक्ता एवम् अर्थरसंचार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले बताए । 


त्यस्तै, नर्वे सरकारले दिएको ३५ मिलियन अमेरिकी डलर (४ अर्ब ३८ करोड रुपैयाँ) अनुदान स्वीकार गर्ने  निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।  यसरी प्राप्त ऋण र अनुदानको प्रयोग अन्तरदेशीय विद्युत् प्रशारण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाका लागि प्रयोग हुने पनि उनले जानकारी दिए । 
विश्व बैंक समूहअन्तर्गत अन्तर्राष्ट्रिय वित्त निगमको सेयर खरिद गर्नका लागि अर्थ मन्त्रालयलाई स्वीकृत दिने निर्णय पनि भएको मन्त्री खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस