aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

आज राति १२ बजेबाट उपत्यकामा निषेधाज्ञाः के गर्न पाइन्छ, के पाइँदैन ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ भदौ २०७७
आज राति १२ बजेबाट उपत्यकामा निषेधाज्ञाः के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं । बुधबार राति (भदौ ३ गते) १२ बजेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएको छ। उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखको बैठकले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि यस्तो निर्णय गरेका हुन्। 

मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ जनकराज दाहाल, नारायणप्रसाद भट्ट र हुमकला पाण्डेसहित सुरक्षा प्रमुखबीच छलफलपछि एक साताका लागि निषेधाज्ञाको निर्णय गरेको हो। 

निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेकका सेवा ठप्प रहनेछन्। यो निर्णयसँगै जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक गाडी चलाउन नपाइने। 

अत्यावश्यक सामग्रीलगायतका मालबाहक ढुवानीका साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक काठमाडौंमा सवारीसाधन भित्रिन दिइने छैन। जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन पनि बन्द हुनेछन्।

के गर्न पाइन्छ, के पाइँदैन ? 

प्रतिक्रिया दिनुहोस