
एजेन्सी । मुकेश अम्बानी अब विश्वको शीर्ष १० धनीहरूको सूचीमा छैठौं स्थानमा झरेका छन्। केही दिन अघि उनी यस सूचीमा चौथो स्थानमा पुगेका थिए । रिलायन्स सेयरको गिरावटका कारण मुकेश अम्बानीको सम्पत्तिमा कमी आएको छ । एलोन मस्क अब विश्वको चौथो धनी व्यक्ति हुन पुगेका छन् ।
ब्लूमबर्ग अबर्पति सूचकांकका अनुसार मुकेश अम्बानीको कुल सम्पत्ति लगभग ७८.८ ड अर्ब डलर छ । उनी विश्वको छैठो धनी व्यक्ति हुन । यस सूचकांकका अनुसार अमेजन प्रमुख जेफ बेजोस पहिलो स्थानमा छन्। उसको कुल सम्पत्ति १८८ अर्ब डलर छ । यस वर्ष अहिलेसम्म बेजोसको सम्पत्ति लगभग ७३ बिलियन डलरले वृद्धि भएको छ । यस सूचीमा बिल गेट्स १२१ अर्ब डलरको साथ दोस्रो स्थानमा छन भने मार्क जुकरबर्ग ४४ अर्ब डलरको साथ तेस्रो स्थान छन्।
रिलायन्सको शेयर अन्तिम चार कारोबार दिनमा लगातार गिरावट भएका कारणले उनको कुल सम्पत्ति ७८.८ अर्ब डलर रहेको छ । टेस्ला र स्पेसएक्सका सीईओ इलन मस्क यस सूचीमा चौथो स्थानमा छन । उसको कुल सम्पत्ति ८४.८ अर्ब डलर छ । एकै दिन उनको सम्पत्ति लगभग ८ अर्ब डलरले बढेको छ । टेस्ला शेयर सोमबार वाल स्ट्रीटमा ११ प्रतिशतले वृद्धिसँग उनी चौथो धनीमा पुगेका हुन । यस वर्ष उसको सम्पत्ती ७.८ अर्ब डलरले बढेको छ । पाँचौ नम्बरमा बर्नाड अर्नोल्ड छन उनको सम्पत्ति ८४.६ अर्ब को सम्पत्ति छ ।
प्रतिक्रिया दिनुहोस