aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

भारत र चीनको व्यापारीक लुकामारी, १५ हजार करोडमा चीन भारतीय बैंकको शेयर किन्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ भदौ २०७७
भारत र चीनको व्यापारीक लुकामारी, १५ हजार करोडमा चीन भारतीय बैंकको शेयर किन्दै

एजेन्सी । भारतमा चिनियाँ सामानको बहिष्कार र चीन विरोधीको बनाइएको छ । यहि वातावरणको बीचमा चीनको पिपल्स बैंक अफ चाइनाले आईसीआईसीआईमा शेयर खरीद गरेको छ । बैंकको शेयर खरिदमा भने कुनै पनि सुरक्षमा खसर नपर्ने सुझाव विज्ञहरू दिएका छन् । 

गत वर्ष मार्चमा चीनको केन्द्रीय बैंकले एचडीएफसी ( हाउजिंग कम्पनी) मा आफ्नो लगानी १ प्रतिशत भन्दा बढायो ।  त्यसपछि भारतमा  धेरै हंगामा पनि भएको थियो । पीपुल्स बैंक अफ चाइना म्युचुअल फन्ड, बीमा कम्पनी लगायत ३५७ संस्थागत लगानीकर्तामध्ये एक हो । 

 जसले भर्खर आईसीआईसीआई बैंकको योग्य संस्थागत प्लेसमेन्ट (क्यूआईपी) प्रस्तावमा १५,००० करोड लगानी गरेको छ। आईसीआईसीआई बैंकले संस्थागत लगानीकर्ताबाट पूँजी जुटाउन कोशिस गरेको छ । 

चीनको केन्द्रीय बैंकले आईसीआईसीआईमा १ ज्ञछ करोड मात्र लगानी गरेको छ र यो लगानी योग्य संस्थागत प्लेसमेन्ट मार्फत गरिएको छ। अन्य विदेशी लगानीकर्ताहरूले सिंगापुर सरकार, मोर्गन इन्भेस्टमेन्ट, सोसाइट जेनरल, इत्यादि समावेश गर्दछ।

जुन रिजर्व बैंकको कडा निगरानीमा रहेको छ । त्यसैले यसले राष्ट्रिय हितमा कुनै खतरा पैदा गर्न सक्दैन । यसभन्दा पहिले गत वर्ष चीनको केन्द्रीय बैंकको आवास यिबलण कम्पनी एचडीएफसी लिमिटेडमा भएको लगानीमा धेरै हंगामा भएको थियो।

चीनको केन्द्रीय बैंकले अब अमेरिकाको सट्टा भारत जस्ता अन्य देशहरूमा लगानी बढाउँदैछ । गत वर्ष मार्चमा चीनको केन्द्रीय बैंकले एचडीएफसीमा आफ्नो लगानी १ प्रतिशत भन्दा बढायो। त्यसपछि त्यहाँ धेरै विरोध भएको थियो।

यसपछि सरकारले विदेशी पोर्टफोलियो लगानीका लागि पनि नियम कडा ग¥यो। कडा नियमहरू विशेष गरी चीन वा अन्य छिमेकी देशहरूबाट आएका लगानीहरूको लागि बनाइएको थियो । यद्यपि पछि चिनियाँ बैंकले एचडीएफसीमा आफ्नो लगानी १ प्रतिशतभन्दा कम बनायो । 

प्रतिक्रिया दिनुहोस