aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

आन्तरिक राजस्व विभागः साउनमा पौने ३५ अर्ब राजस्व

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ भदौ २०७७
आन्तरिक राजस्व विभागः साउनमा पौने ३५ अर्ब राजस्व

काठमाडौं । आन्तरिक राजस्व विभागले साउनमा पौने ३५ अर्ब राजस्व उठायो । साउनमा विभागले ३४ अर्ब ७४ करोड राजस्व संकलन गरेको विभागका उपमहानिर्देशक मुक्ति पाण्डेले जानकारी दिए ।

विभागले साउनमा १६ अर्ब ८२ करोड आयकर उठाएको छ भने १२ अर्ब ४१ करोड मूल्य अभिवृद्धि कर उठाएको छ । त्यसैगरी  ५ अर्ब ४१ करोड  अन्तःशुल्क उठाएको छ । 
 

प्रतिक्रिया दिनुहोस