
काठमाडाैं । मानार्थ सहायक रथीको उपाधिसमेत प्राप्त गरेका राष्ट्रकवि माधवप्रसाद घिमिरेको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
बुधबार मध्यान्ह राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । नेपाली सेना र सशस्त्र प्रहरीले राष्ट्रकविको सम्मानमा सलामी अर्पण गरेको थियो ।
राष्ट्रकविको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका थिए । राष्ट्रकवि घिमिरेको एक सय एक वर्षको उमेरमा मंगलबार निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस