aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

यसकारण अस्ट्रेलियासँग रिसायो चीन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ भदौ २०७७
यसकारण अस्ट्रेलियासँग रिसायो चीन

एजेन्सी । पछिल्लो समय अस्ट्रेलिया र चीन बीच वाइनको मूल्यलाई लिएर विवाद चलिरहेको छ । चीनले अस्ट्रेलियाली वाइनको आयातको मूल्यको जाँच शुरु गरेको छ ।  

अस्ट्रेलियाली उत्पादनकले बजारमा उनीहरुको प्रभाव राखिराख्नका लागि जानीजानी सस्तो वाइन बिक्री गरिरहेको छ वा छैन भन्न विषय पत्ता लगाउने कोशिश गरिरहेको चीनले जनाएको छ ।

हालैको महिनामा चीनले अस्ट्रेलियाको बीफ र जौको विषययलाई लिएर निशाना बनाएको थियो । अस्ट्रेलियाले चीनकातर्फबाट सुरु गरेको जाँचको बदलामा बिरोध जनाएको छ । अस्ट्रेलियाले कोरोना संक्रमण फैलिएको विषयलाई लिएर स्वतन्त्र जाँचको माग गरेको थियो । उक्त समयमा चीनले अस्ट्रेलियामाथि आर्थिक प्रतिबन्ध लगाएको थियो ।

अस्ट्रेलियाले चीनमा प्रत्येक वर्ष करिब १ अर्ब डलरको वाइन बिक्री गर्दै आएको छ । उसले फ्रान्सको तुलनामा चीनमा धेरै बोतल बिक्री गरिरहेको थियो ।
एक पत्रकार सम्मेलनको समयमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानबाट यो जाँचको सम्बन्धमा सोधिएको प्रश्नमा उनले यस विषयमा धेरै अनुमान लगाउन गलत हुने बताएका छन् ।

झाओ लिजियानले भने,“मैले चीनको स्थितिमा स्पष्ट भनिसकेको छु । यो एन्टी डम्पिङको एक साधारण जस्तो विषय हो भने कृपया यो साधारण जस्तो मामिलाको बारेमा कुनैपनि अडकल लगाउनु हुन्न ।”

प्रतिक्रिया दिनुहोस