
काठमाडौं । शेयर बजार मापक (नेप्से परिसूचक) बुधबार भारी अंकले गिरावट आएको छ । नेप्सेकानुसार १६ दशमलव ६० अंकको गिरावट आउँदा परिसूचक १ हजार ३९१ दशमलव २९ विन्दुमा पुगेर थामिएको छ । यो १ दशमलव १८ प्रतिशतको गिरावट हो ।
कोरोना भाइरस (कोभिड–१९)का कारण उपत्यकाका तीनवटै प्रशासनले बिहीबारदेखि एक हप्ताकोलागि निशेधाज्ञा जारि गरेसँगै लगानीकर्ताहरु शेयर बजार के होला ? भन्ने आशंकाले लगानीकर्ताहरु पर्ख र हेरको स्थितीमा रहेको जानकारहरुको अनुमान छ ।
बुधबार १८५ कम्पनीको २४ लाख कित्ता शेयर कारोबार हुँदा ९७ करोड ६२ लाखमाथीको कारोबार भएको छ ।
यसैगरि कारोबार भएका र नेप्से परिसूचकमा रहेका सम्पूर्ण उपसूचकहरु राताम्य भएका छन् । आज धेरै कमाउनेमा समृद्धि फाइनान्स कम्पनीका शेयरधनीहरु रहेका छन् भने धेरै गुमाउनेमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, मितेरी डेभलपमेन्ट बैंक, रैराङ हाइड्रोपावर कम्पनीका शेयरधनीहरु रहेका छन् ।
यसैगरि बुधबार सबैभन्दा धेरै नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख १७ हजार कित्ता माथी र ग्लोबल आइएमई बैंकको १ लाख ५ हजार कित्ता शेयर कारोबार भएको छ । साथै आज सबैभन्दा धेरै ९ करोढ भन्दा माथी कोरोबार नागरिक लगानी कोषको भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस