aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

मन्त्री सुतेकै रूमबाट चाेरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ भदौ २०७७
मन्त्री सुतेकै रूमबाट चाेरी

काठमाडाैं । प्रदेश-२का आर्थिक मामिला तथा याेजना मन्त्री विजय यादवको ललितपुर इमाडोलस्थित घरमा चोरी भएको छ ।

मंगलबार राति १-२ बजेको समयमा महालक्ष्मी नगरपालिकाको इमाडोलस्थित बोजपोखरीमा रहेको घरमा चोरी भएको हो । चोरले करिब पौने दुई लाख नगद र दुई सेट फोन चोरेको महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डिएसपी मित्रबन्धु शर्माले जानकारी दिए ।

अर्को कोठामा सुतेका मन्त्री यादवका साथीको कोठाबाट पनि चोरी भएको उनले जानकारी दिए ।

मन्त्री यादवका साथी सुतेको कोठाबाट झोलामा रहेको डेढ लाख निकालेर झोला त्यही छाडिएको छ । अहिलेसम्म यस घटनामा कोही पक्राउ परिसकेका छैनन् । प्रहरीले चोरकाे खोजी गरिरहेको 
जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस