काठमाडाैं । 'पाइलट हुँ' भन्दै महिलासँग नजिकिने र गरगहना लुटपाट गरी भाग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर, काठमाडौंले कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने २३ वर्षीय रोहिनजंग शाहलाई मंगलबार पक्राउ गरेको हो । उनले एक वर्षदेखि फेसबुकबाट महिलाहरुलाई साथी बनाई आफूलाई नेपाल एयरलाइन्सको 'पाइलट हुँ' भन्दै चिनाउने गरेका थिए ।
आफूलाई पाइलट बताएर महिलाहरूसँग नजिकिने र पछि सुनका गरगहना लुटपाट गरेर भाग्ने गर्थे। त्यही सूचना पाएपछि परिसरले उनको खोजी गरेको थियो ।
प्रारम्भिक अनुसन्धानबाट उनले केही महिलाहरुबाट अन्दाजी ११ तोला बाराबरको सुनका गहनाहरु र दुई थान मोबाईल सेट समेत लुटपाट गरेको खुल्न आएको छ । परिसरले उनीमाथि थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस