aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

मेलम्चीमा गेट फ्रेम परिवर्तन गर्न अध्ययन

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • विहीबार, ०४ भदौ २०७७
मेलम्चीमा गेट फ्रेम परिवर्तन गर्न अध्ययन

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ प्रवेशद्वार ९गेट०को फ्रेम परिवर्तन गर्न भारतीय कम्पनीका इन्जिनियरहरूले स्थलगत अध्ययन गरेका छन् । पीआईएल कम्पनी अमहदाबादका दुई समूहले मेलम्ची प्रवेशद्वार भत्किएको सुरुङ स्थल अध्ययन गरी पुनः जडान गर्नुपर्ने बताएका छन् । कम्पनीले गेटको फ्रेम अर्को बनाउने भएको छ ।

खानेपानी मन्त्रालयका अनुसार पीआईएल कम्पनीले मेलम्ची अध्ययन गरेपछि गेटको फ्रेम परिवर्तन गर्न सहमत भएको हो । चारवटा गेटका फ्रेम परिवर्तन गर्नुपर्ने भएको छ । ती फ्रेम कम्पनीले भारतमा निर्माण गरिरहेको मन्त्रालयका प्रवक्ता रितेश शाक्यले जानकारी दिए ।

उनका अनुसार कम्पनीका सिनियर डिजाइनरहरू आएर मेलम्ची भिजिट गरे, एउटा समूह फर्किसक्यो, भित्रबाट खुल्ने गरी डिजाइन भएको गेट बाहिरबाट खुल्ने गरी जडान गरेपछि दुर्घटना भयो, अब अर्को डिजाइनसहितका फ्रेम आउने छन् ।

उनका अनुसार फ्रेम छिट्टै ल्याउने गरी काम भएको छ । हाल जडान भएका फ्रेम यथावत नै राखी त्योभन्दा अलिकति भित्री भागमा नयाँ फ्रेम जडान गरिने छ । सुन्दरीजलको गेटको फ्रेम पनि परिवर्तन गरिने छ । 

प्रतिक्रिया दिनुहोस