काठमाडौं । स्थानीय प्रशासनले लागू गरेको निषेधाज्ञाका कारण काठमाडौं उपत्यका पुनः सुनसान बनेको छ ।
उपत्यकामा कोभिड-१९ को संक्रमण बढ्दै गएपछि मंगलबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको बैठकले बुधबार राति १२ बजेबाट लागू हुनेगरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेसँगै बिभिन्न कामहरूमा प्रतिवन्ध लगाउँदै निषेधाज्ञामा के गर्न पाइने र के नपाइने ताेकिएकाे छ ।
स्थानीय प्रशासनले लागू गरेको निषेधाज्ञाको कारण बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकामा मानिसहरुको आवत जावत न्युन छ । सडकमा प्रहरीको संख्या बढाएको छ ।








प्रतिक्रिया दिनुहोस