aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

१८ सय सरकारी ठेक्का भंग हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० जेठ २०७६
१८ सय सरकारी ठेक्का भंग हुँदै

काठमाडौं । समयमै काम नसकिएका करिब १८ सय सार्वजनिक निर्माण ठेक्का सम्झौता भंग हुने भएका छन् । छैटौं पटक संशोधित सार्वजनिक खरिद नियमावलीमा ठेक्काको अवधिको ५० प्रतिशतभन्दा बढी समय थप गर्न नमिल्नेव्यवस्था गरिएपछि यी ठेक्कामा काम अघि बढाउन समस्या परेको नेपाल निर्माण व्यवसायी महासंघको भनाई छ ।

संशोधित नियमावली बैशाख ३० गतेदेखि लागू भईसकेको छ । अहिलेसम्म एक हजार ठेक्का सम्झौता भंग हुने अवस्थामा पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देबेन्द्र कार्कीले जानकारी दिए ।

'सुरु सम्झौताको ५० प्रतिशतभन्दा बढी हुने गरी म्याद थप्न पाईदैन्' नियमावलीमा भनिएको छ । 'म्याद थप नहुने ठेक्का व्स्वतः खारेजीमा जानेछन् । समयमै काम नसकिएका ठेक्का सम्झौता भंग गर्नुको विकल्प छैन्' सचिव कार्कीले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।  


 

प्रतिक्रिया दिनुहोस