aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

विषाक्त पदार्थ खुवाइएपछि रुसी राष्ट्रपतिका आलोचक नाभाल्नी कोमामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ भदौ २०७७
विषाक्त पदार्थ खुवाइएपछि रुसी राष्ट्रपतिका आलोचक नाभाल्नी कोमामा

एजेन्सी । रुस सरकारका कडा आलोचक तथा विपक्षी अगुवा एलेक्सी नाभाल्नी बिहीबार अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका छन् । शंकास्पद रुपमा विषाक्त पदार्थको सेवन गरेपछि उनलाई अस्पताल भर्ना गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

भ्रष्टाचार विरुद्धको फाउन्डेसनका सञ्चार सचिव किरा यर्मयशले दिएको जानकारी अनुसार बिहीबार विहान टम्सकबाट मस्को फर्किरहेका बेलादेखि उनले असहज महसुस गरेका थिए । “उनले उडानकै बेलामा अप्ठ्यारो महसुस गरेका थिए, ओम्स्कमा विमान आकस्मिक अवतरण गरिएको थियो,” सञ्चार सचिव किराले भने । 

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै विपक्षी अगुवा नाभाल्नीलाई विषाक्त खाद्यान्नका कारण समस्या भएकाले अस्पताल भर्ना गरिएको जानकारी दिए ।

अवस्था जटिल भएपछि उनलाई अहिले अति सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार गराइएको अधिकारीहरुले जनाएका छन् । ओम्स्क विमानस्थलले पनि एक जना हवाई यात्रुको स्वास्थ्य अवस्थामा समस्या उत्पन्न भएपछि ती यात्रु रहेको विमान आकस्मिक अवतरण गरिएको पुष्टि गरेको छ ।  

प्रतिक्रिया दिनुहोस