aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

थप रणनीति बनाउन मन्त्रिपरिषद् बैठक जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ भदौ २०७७
थप रणनीति बनाउन मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद्को बैठक केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ  । 

मुुलुकमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या बढ्दै गएपछि थप रणनीति बनाउन मन्त्रिपरिषद डाकिएको बुझिएको छ । यसअघि सोमबार पनि नियमित मन्त्रिपरिषद बैठक बसेको थियो । 

बिहीबारबाट उपत्यकामा एक साता निषेधाज्ञा घोषणा भएको छ । गत चैत ११ बाट साउन ७ सम्मको लकडाउन अन्त्य गरेपनि संक्रमित र मृतक संख्या बढेपछि सरकारले अधिकांश जिल्लामा निषेधाज्ञाको नीति अपनाउँदै आएको छ । 

आज बस्ने मन्त्रिपरिषद बैठकले कोभिड महामारीको रोकथामबारे नयाँ निर्णय लिइने बताइएको छ । सोमबार बसेको मन्त्रिपरिषदले सीसीएमसीलाई बन्दाबन्दीबारे प्रस्ताव ल्याउन निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस