काठमाडाैं । नेपाल प्रहरीका ४९ एसपीकाे सरूवा गरेकाे छ ।
प्रहरी प्रधान कार्यालयले ४९ प्रहरी उपरीक्षक(एसपी)काे सरूवा गरेकाे हाे ।
भदौ महिनादेखिको तलब, भत्त समेत हालेर सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशित गरी केही जिल्ला प्रहरी प्रमुखसहित ४९ जना एसपी सरुवा गरेको हो ।
सरुवा हुनेमा नुवाकोट, सप्तरी, सिन्धुपाल्चोक, स्याङ्जा, पूर्वी नवलपरासी, पाल्पा, सर्लाही, रुपन्देहीलगायतका जिल्लाका प्रमुख पनि छन् ।





प्रतिक्रिया दिनुहोस