aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

विदेशमा रहेका नेपालीको उद्दार फेरि शुरु, होटल बुकिंग र शुल्क पनि स्वयंले तिर्न पर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ भदौ २०७७
विदेशमा रहेका नेपालीको उद्दार फेरि शुरु, होटल बुकिंग र शुल्क पनि स्वयंले तिर्न पर्ने

काठमाडौं । सरकारले विदेशबाट नेपाल आउन चाहने नेपालीको उद्दार कार्यलाई निरन्तरता दिने भएको छ । विहीबार बसेको मन्त्रिपरिषदको बैंठकले  ‘चार्टर तथा उद्धार उडान’लाई पुनः सुचारु गर्ने निर्णय गरेको हो  । बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले हवाइ मार्गबाट स्वदेश आउने यात्रुका लागि केहि थप नयाँ मापदण्ड निर्धारण समेत गरेको छ ।

विदेशबाट उद्दार गरेर आएकाले काठमाडौं ओर्लेपछि सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नैपर्ने, होटलमा  बुकिङ आफैले गर्नपर्ने, र  होटलमा बस्दाको खर्च व्यक्ति स्वयंले व्यहोर्नुपर्ने छ ।

विदेशबाट आउनेहरुको सूची विदेशमा रहेका दूताबासले तोकेबमोजिम हुने उल्लेख छ । त्यसैगरी सरकारले तोकेका १० वटा स्थल नाकाहरुबाट स्वदेश आउने नागरिकलाई पनि सोही नाकामा रहेका होटलमा अनिवार्यरुपमा सात दिनसम्म बस्नुपर्ने मापदण्ड तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस