काठमाडौं । प्रतिधिनिसभाको आइतबारको बैठकमा सत्तारुढ नेकपा सांसद खगराज अधिकारीले कुर्सी उचालेर सभामुखलाई देखाए र भने, 'म कुर्सीमा बस्ने क्रममा चार पटक लडेँ । यसको मर्मत गर्नै सभामुख महोदयको ध्यानाकर्षण गराउँछु ।'
संसद्मा बजेटमाथि छलफल भइरहेका बेला अचानक के विषय उठाउन खोजे भनेर सांसदहरुले आफुतिर हेरिरहेका बेला उनले कुर्सी उचालेर बोलेका थिए । 'अहिलेसम्म ठूलो दुर्घटना भएको छैन, बचेको छु । संसद सचिवालयलाई कति पटक भन्नुपर्ने हो, आगामी दिनमा यस्ता धराप कुर्सी नराखियोस्' अधिकारीले भने, 'ज्यान जोगाइपाऊँ, भन्ने अवस्था आयो ।' सभामुख कृष्णबहादुर महराले हाँस्दै सांसद अधिकारीले उठाएको कुर्सीको विषयमा गम्भीर ध्यानाकर्षण गराए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस