aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

ठगी गर्ने पेट्रोल पम्पलाई उच्च अदालतको साथ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० जेठ २०७६
ठगी गर्ने पेट्रोल पम्पलाई उच्च अदालतको साथ

उच्च अदालत पाटनले पेट्रोलमा ठगी गर्ने पेट्रोल पम्प सञ्चालकको पक्षमा आदेश जारी गरेको छ ।

रिमोटबाट चल्ने यन्त्र राखी कम तेल दिएर उपभोक्तामाथि ठगी गरेको अभियोगमा दायर भएको मुद्दामा उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र शान्ता सेढाई सापकोटाको संयुक्त इजलासले पेट्रोल पम्प सञ्चालककोे पक्षमा आदेश जारी गरेको हो । यो आदेशसँगै पेट्रोल पम्प निर्वाध रूपमा सञ्चालन गर्न पाउनेछन् ।

चुच्चेपाटी फ्युल सेन्टरका सञ्चालक नितेश सरियाले दायर गरेको रिटको सुनुवाइ गर्दै उनको पक्षमा आदेश दिएको हो । कालोबजारीको पक्षमा आदेश जारी भएपछि कानुन व्यवसायी अच्चमित भएका छन् ।

उच्च अदालतको आदेशकै कारण नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थ कालोबजारीमा मुद्दा चलाएका पम्पले निर्बाध रूपमा कारोबार गर्न पाउने भएका छन् ।

पेट्रोल र डिजेल बिक्री गर्दा परिमाण तलमाथि नहोस् र उपभोक्ता नठगियून् भनेर गुणस्तर तथा नापतौल विभागले हरेक पेट्रोल पम्पमा सिल छाप र टाँचा लगाएको हुन्छ ।

तर काठमाडौंका मैतीदेवी पेट्रोलियम सप्लायर्स र चुच्चेपाटी फ्युल स्टेसनका सञ्चालकले वैधानिक टाँचा तोडेर नक्कली मात्रै लगाएनन्, रिमोटबाट चल्ने यन्त्र नै जडान गरी कम तेल दिएर उपभोक्तामाथि ठगी गर्दै आएको अनुगमनबाट भेटिएको थियो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस