aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

भारतमा मेड इन चाइना लेखिएका सामान विरोध हुन थालेपछि चीन अर्को चलाखी अपनाउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ भदौ २०७७
भारतमा मेड इन चाइना लेखिएका सामान विरोध हुन थालेपछि चीन अर्को चलाखी अपनाउँदै

एजेन्सी ।  भारतमा चिनियाँ उत्पादनलाई विरोध भइरहेका बेलामा चिनियाँ उत्पादन विक्री गर्नलाई नयाँ फरमुला अपनाइएको छ । सामान्यतया मेड इन चाइना चिनियाँ उत्पादनमा लेखिएको हुन्छ । तर अब चिनियाँ सामान भारतमा बेच्न मेड इन पीआरसी भारतीय कम्पनीको उत्पादनमा लेखिएका सामान बजारमा उपलब्ध हुन थालेका छन् । यसले गर्दा भारतीय उपभोक्त अलमल्लमा परेका छन् । 

बोओट नामको एक त्यस्तै एउटा कम्पनी छ जसले भारतमा अडियो उत्पादनहरू बिक्री गर्दछ ।  यसको ईयरफोन विशेष गरी भारतमा लोकप्रिय छ । यस कम्पनीले यसको ईयरबड्स मुनि पीआरसी लेखेको छ यो कम्पनी मात्र भारतको हो । 

पी.आर.सीको मतलब पिपुल्स रिपब्लिक अफ चाइना हो । यसरी चीनमा मेड इन लेख्ने तरिका छ । र अब अन्य देशमा चिनियाँ उत्पादन जाँदा पनि पनि फरक तरीका अपनाउने भएको छ । 

सामान्यतया, ग्राहकहरू जसले मेड इन चाइनामा लेखिएका उत्पादनहरू खरीद नगर्ने घोषणा गरेका छन । उनीहरूले अब मेड इन चाइना पछि मेड इन पीआरसी लेखिएका उत्पादन पनि खरिद गर्ने घोषणा गरेका छन् । 

प्रतिक्रिया दिनुहोस