aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

आईसोलेसन ताेडफाेड, १५ लाख बराबरकाे सामान चाेरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ भदौ २०७७
आईसोलेसन ताेडफाेड, १५ लाख बराबरकाे सामान चाेरी

संखुवासभा । संखुवासभा सदरमुकाम खाँदबारीमा रहेको आईसोलेसनको स्वास्थ्य सामग्री चोरी भएको छ ।

खाँदबारी–७, हिमालय किरण क्याम्पसमा आईसोलेसनको प्रयोगका लागि राखिएका सामग्री गएराति चोरी भएका छन् । सामग्री राखिएको ठाउँमा तोडफोडपछि चोरी भएको अस्पताल प्रशासनले जनाएको छ ।

आईसोलेसनका करिब १५ लाख बराबरको सामाग्री चोरी भएको अस्पतालका मेसु सुन्दरश्याम झाले बताए । अक्सिजन मेसिन, सक्सन मेसिन, ७० थान पीई सेट, प्यासेन्ट मनिटर, अक्सिजन डिभाईडर लगायतका सामग्री चोरी भएको जनाएकाे छ ।

सोमबार धर्मदेवी नगरपालिका–४ पिलुवाखोलामा क्वारेन्टाइनमा रहेका धर्मदेवी नगरपालिका–४ का ३४ वर्षीय पुरुष, चैनपुर नगरपालिका–११ का २४ वर्षीय पुरुष र २२ वर्षीय पुरुष समेत कोरोना पुष्टिमा कोरोना पोजिटिभ देखिएको हो । उनीहरुलाई बिहीबार क्याम्पसमा निमार्ण भएको आईसोलेसनमा ल्याउने विपद् व्यवस्थापनको निर्णयपछि स्थानीयले विरोध जनाउँदै आएका थिए ।

अहिले सोही आईसोलेसनमा ३ जना कोरोना संक्रमित उपचार गरिरहेको अस्पताल प्रशासनले जनाएकाे । तोडफोडपछि नयाँ स्वास्थ्य सामाग्री लगेर ३ जना कोरोना संक्रमितलाई राखिएको बताएकाे छ ।

चोरी र तोडफाडमा संलग्नको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस