aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

उत्तर कोरियाका किम जोंग थाकेका हुन ? महत्वपूर्ण जिम्मेवारी किन बहिनीलाई दिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ भदौ २०७७
उत्तर कोरियाका किम जोंग थाकेका हुन ?  महत्वपूर्ण जिम्मेवारी किन  बहिनीलाई  दिए

एजेन्सी । कोरोना भाइरस र विश्वव्यापी लकडाउनले उत्तर कोरियाको अर्थतन्त्रको मेरुडण्ड भाँचेको छ ।  जुन त्यहाका शासक किम जोंग धेरै दुखी भएका छन् । यही कारणले कि किमले आफ्नी बहिनीलाई अमेरिकासँग सम्बन्ध सुधार्ने महत्वपूर्ण जिम्मेवारी दिएका छन् । 

किमले सत्तारूढ पार्टीका नेताहरूको भेलामा देशले अप्रत्याशित र अपरिहार्य चुनौतीहरूको सामना गरिरहेको बताएका छन । यसले  विकास लक्ष्यहरूमा ढिलाइ भइरहेको उनले बताएका छन । उत्तर कोरियाका मिडियाका अनुसार कमजोर अर्थतन्त्रको सबैभन्दा ठूलो कारण वर्षौदेखिको अमेरिकी नाकाबन्दी भएको बैठकमा भनिएको थियो । थप रूपमा बाढी र कोरोना भाइरस महामारीले दुई दशकमा उत्तर कोरियाको अर्थतन्त्रलाई सबैभन्दा खराब देशमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको निष्कर्ष निकालिएको छ ।

दक्षिण कोरियाका सांसदहरूले उत्तर कोरियाको अवस्थाको बारेमा पत्रकारलाई भने देशको खुफिया एजेन्सीका अनुसार किमले सियोल र वाशिंगटनसँगको सम्बन्ध सुधार गर्ने जिम्मेवारी उनकी बहिनी किम यो जोंगलाई खटाए ।  विगतमा उनकी बहिनीले  कूटनीतिक मामलामा सार्वजनिक भूमिका पनि खेलेकी थिइन । 

खुफिया एजेन्सी सदस्य हा टा–किंगले यो कदमले किमले चिनियाँ कम्युनिष्ट पार्टी जस्तै “सामूहिक नेतृत्व“ प्रणाली अपनाइरहेको कुराको संकेत गरेका छन  हा टा–किंगले भने, किम जोंग–उनको सम्पूर्ण शक्ति उत्तर कोरियाको वर्तमान नेतृत्व शैली अन्तर्गत काम गर्दैछन ।’ 

पूर्वोत्तर एशिया र अन्तर्राष्ट्रिय संकट समूहको आणविक नीतिका वरिष्ठ सल्लाहकार डुउन किमले किमले सर्वोच्च नेताको रूपमा आफ्नो अधिकार त्याग्ने कुरामा अशंका गरे । उनले भने, “उत्तर कोरियामा शक्तिको आंशिक स्थानान्तरण अतिशयोक्ति देखिन्छ ।’
 

प्रतिक्रिया दिनुहोस