aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

४० हजार बढी मानिसमा खोप परीक्षण गर्ने तयारीमा रुस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ भदौ २०७७
४० हजार बढी मानिसमा खोप परीक्षण गर्ने तयारीमा रुस

एजेन्सी । रुसले आफूले उत्पादन गरेको कोरोना खोपको आमरुपमा परीक्षणको तयारी सुरु गरेको छ । यस अन्तर्गत ४० हजारभन्दा धेरै मानिसमा यो खोप लगाइनेछ ।

परीक्षणको काम आउने हप्ताबाट सुरु हुनेछ । यसमा विदेशी अनुसन्धान एजेन्सीहरुलाई पनि सहभागी गराइने स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

रुसले परीक्षणका लागि खोपको २ हजार डोज मेक्सिको पठाउने निर्णय गरेको छ ।

यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई पनि रुसले आफ्नो खोपको जानकारी पठाएको छ । रुसले ११ अगस्टमा कोरोनाविरुद्धको खोप स्पुतनिक तयार गरेको घोषणा गरेको थियो ।

अहिलेसम्म संसारमा कोरोना भाइरस संक्रमितको २ करोड २७ लाख २० हजार २९४ केस बाहिर आइसकेको छ । यीमध्ये १ करोड ५४ लाख ६ हजार ५०४ जना निको भइसकेका छन् भने ७ लाख ९३ हजार ७०८ जनाको कोरोना संक्रमणको कारण मृत्यू भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस