
एजेन्सी। इ- कमर्सको सर्वाधिक ठुलो कम्पनी अमेजनले आफ्ना ग्राहकहरूको लागि नयाँ सुविधा सार्वजनिक गरेको छ। जस मार्फत अब एक रुपैयाँमा समेत कसैले चाहेमा सुन किन्न सक्छ।
गोल्ड वॉल्ट नामको नयाँ फिचर सेवाबाट अमेजन पे मा राख्दै आफूसँग भएको वा लगानी गर्न चाहे बराबरको सुन किन्न पाइने व्यवस्था अमेजनले दिएको हो।
अमेजनले भारतमा रहेका आफ्ना ग्राहकहरूका लागि डिजिटल सुन किन्न यस्तो सेवा सुरु गरेको हो। अमेजनको वेबसाइटमा दिइएको जानकारी अनुसार ग्राहकहरूले यस सुविधाको साथ १ रुपैयाँको सुन किन्न समेत सक्ने छन्।
अमेजन कम्पनीले यसको लागि सेफ गोल्डसँग साझेदारी गरेको छ। सेफ गोल्ड डिजिटल गोल्ड इन्डिया प्राइभेट लिमिटेडको रिटेल ब्रान्ड हो। यो विश्वास गरिन्छ कि यो सुविधा सुरु गरेर अमेजनले मध्यम वर्गका ग्राहकहरूको एक ठुलो सङ्ख्यालाई व्यवस्थापन गरेको छ। जसले पेटीएम, फोन पे, गुगल पे, मोबीक्विक जस्ता प्रतिस्पर्धी कम्पनीहरूलाई चुनौती दिन सक्छ।
अमेजनका अनुसार यस सुविधाका माध्यमबाट ग्राहकले एक रुपैयाँ मात्र पनि सुनमा डिजिटल विकल्पको रूपमा लगानी गर्न सक्दछन्। यद्यपि डिजिटल सुन किनमेलको यो कुनै नयाँ थालनी भने होइन। यसभन्दा पहिले ई-कमर्स प्लेटफर्महरू जस्तै फोन पे, पेटीएम, मोबीक्विक र गुगल पेज लगायत अन्य धेरै कम्पनीहरूले यो सुविधा सुरु गरिसकेका छन् र डिजिटल सुन बिक्री गरिरहेछन्।
प्रतिक्रिया दिनुहोस