
अमेरिकामा विपक्षी डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिमा उम्मेदवार मनोनित जो बाइडनले आफूले नोभेम्बरमा चुनाव जिते अन्धकार होइन उज्यालोको पक्षधर रहने बताएका छन्। पार्टीको मनोनयन स्वीकार्दै गरिएको सम्बोधनमा उनले एकता र आशावादको आह्वान गरेका छन्।
बीबीसीका अनुसार डेमोक्र्याटिक पार्टीको सम्मेलनलाई सम्बोधन गर्दै बाइडनले डोनल्ड ट्रम्पले अमेरिकालाई आक्रोश, भय र विभाजनको घुम्टो ओढाइदिएको आरोप लगाए। राष्ट्रपतिको रूपमा अमेरिकीहरूलाई कोरोनाभाइरस जस्तो खतराबाट जोगाउने आफ्नो मूलभूत जिम्मेदारीमा वर्तमान राष्ट्रपति विफल भएको उनले बताए।
देशले ऐतिहासिक कठिनाइहरूको सामना गरिरहेको भन्दै उनले नोभेम्बरको चुनावले जातिवादको अन्त्य गर्दै अमेरिकी सपनालाई पुनर्स्थापना गर्नसक्ने उनले बताए। आफ्नो गृहनगर डेलावेर राज्यको विल्मिङ्गटनबाट बोल्दै बाइडनले भने, ‘यहीँबाट म वाचा गर्न चाहन्छु यदि तपाइँहरूले मलाई राष्ट्रपतिको रूपमा विश्वास गर्नुभयो भने मैले हाम्रामाझ रहेका उत्तम गुणहरूलाई प्रस्तुत गर्नेछु।’
प्रतिक्रिया दिनुहोस