aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

विश्व बैंकका उपाध्यक्षद्वारा अर्थमन्त्रीको प्रशंसा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ भदौ २०७७
विश्व बैंकका उपाध्यक्षद्वारा अर्थमन्त्रीको प्रशंसा

काठमाडौं ।  विश्व बैकका दक्षिण एशियाका उपाध्यक्ष सेफरले पोर्टफोलियोले अर्थमन्त्री डा. युवराज खतिवडाको प्रशंसा गरेका छन ।  अर्थमन्त्री  डा खतिवडा र  उपाध्यक्ष हार्टविग सेफरबीच कोरोना भाईरसले नेपालको अर्थतन्त्र र जनजीवनमा परेको असरका बारेमा भिडियो कन्फरेन्स  छलफल यस्तो भनेका हुन । 

उपाध्यक्ष सेफरले पोर्टफोलियोले नेपालको प्रगति पूर्व निर्धारित लक्ष्यको तुलनामा राम्रो रहनुको साथै दक्षिण एशियाली क्षेत्रमै उत्कृष्ट भएकोमा धन्यवाद दिए । उनले कोभिड १९ को नकारात्मक प्रभावका बावजुद अर्थमन्त्री डा. खतिवडाको नेतृत्वमा नेपालको समग्र अर्थतन्त्र सकारात्मक रहेकोमा उच्च प्रशंशा गरे । विभिन्न अवरोधका बावजुद नेपालले प्राप्त गरेको सफलता अनुकरणीय उदाहरणको रुपमा वोर्डमा  प्रस्तुत गरिने योजना रहेको जानकारी गराए । 

नेपालले आगामी दिनमा स्वास्थ उपचार, सामाजिक सुरक्षा, साना तथा मझौला उद्यमको व्यवसायिक निरन्तरता एवं रोजगारी सिर्जना हुने तथा ठूला आयोजनाको कार्यान्वयनमा जोड दिएको र सो को लागि आवश्यक श्रोत व्यवस्थापन चुनौतीपूर्ण भएको अर्थमन्त्री डा. खतिवडाले बताए । 

उनले कोभिडको कारण नेपालको पर्यटन, उत्पादनमूलक उद्योग र निर्माण क्षेत्र बढी प्रभावित भएकोले वृद्धिदर न्यून हुन गएको भए पनि आर्थिक वृद्धि बाहेकका अन्य समग्र आर्थिक परिसूचकहरु सकारात्मक रहेको उल्लेख गरे ।

उनले प्रतिकूलताका वावजुद मुद्रास्फिति ६ प्रतिशतको हाराहारीमा रहेको, चालू खाता घाटा कुल गार्हस्थ उत्पादनको २ प्रतिशतमा सीमित रहेको, शोधनान्तर बचत अमेरिकी डलर १।६ अरब भन्दा बढी नै रहेको, सरकारको संचित खाता (ट्रेजरी) घाटामा नगएको जानकारी गराएका थिए । वित्तीय क्षेत्र सुदृढ रहेको समेत कारणले समष्टिगत आर्थिक स्थायित्व कायम गर्न सफलता मिलेको जानकारी गराए । 
 
वित्तीय दबाबका बावजुद नेपालले विश्व बैक र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) को शेयरमा नेपालको कोटा वृद्धि गरी नेपाल र विश्व बैंकबीच समूहबीच लामो समयदेखि रहेको  न्यानो सम्बन्धलाई जीवन्त राखिएको उनले बताएका थिए ।  

उनले विश्व बैंकसंग हालै संझौता भएको रणनैतिक सडक आयोजना हाल सम्मकै ठूलो एकल आयोजना रहेको र गत बर्ष सो लगायत अन्य महत्वपूर्ण आयोजना संझौता भई करिव १ अर्व डलर थप प्रतिवद्धता प्राप्त भएको बताए । 

प्रतिक्रिया दिनुहोस