
काठमाडौं । एशोसियसन अफ प्राईभेट हेल्थ इन्ष्टिच्युसन अफ नेपाल (अफिन) र नेपाल मेडिकल एशोसियसनले आफूहरुलाई सरकारले अपमानित गरेको आरोप लगाएको छन् । शुक्रबार दुवै संस्थाका अध्यक्षद्वय बसन्तकुमार चौधरी र डा. लोचन कार्कीले संयुक्त वक्तव्य जारी गर्दै नेपाल सरकारले अपमानित हुने ढंगका व्यवहार बन्द गर्न भनेका हुन ।
उनीहरुले निजी अस्पताललाई गरिने व्यवहार तथा चिकित्सकहरुको मनोवल घटाउने व्यवहार तत्काल बन्द गरि सम्मानजनक रुपमा औपचारिक वार्ता गर्ने वातावरण तयार गर्न माग समेत गरेको छ ।
नेपालमा लकडाउन सुरु हुनासाथ स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा निजी अस्पतालहरुले आ(आफ्नो श्रोत साधन उपलब्ध गराउने प्रतिवद्धता सहितको प्रस्ताव समेत पेश गरेको जानकारी समेत उनीहरुले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस