
एजेन्सी । अनिल अम्बानीको अप्ठ्यारोमा छन । राष्ट्रिय कम्पनी कानून न्यायाधिकरण (एनसीएलटी) ले अनिल अम्बानी विरुद्ध बैंकक्रप्टको कार्यवाही गर्न अनुमति दिएको छ । भारतीय स्टेट बैंक (एसबीआई) ले १२०० करोड रुपैयाँ भारु ऋण चुक्ता गर्न नसकेकोले यो आदेश आएको हो ।
स्टेट बैंकले २०१६ मा अनिल अम्बानीको नेतृत्वमा रहेको कम्पनी रिलायन्स कम्युनिकेसन (आरसीओएम) र रिलायन्स इन्फ्राटेल (आरआईटीएल) लाई यी ऋण दिएको थियो । अनिल अम्बानीले यो ऋणका लागि १२०० करोडको व्यक्तिगत ग्यारेन्टी दिएका थिए । अब दुबै कम्पनीहरु बन्द भएका छन भने यसै कारणले एसबीआईले मुम्बई एनसीएलटीमा अपिल गर्न बाध्य भएको छ । बैंकले माग गरेअनुसार इन्सोलिन्सी कानून बमोजिम यो रकम अनिल अम्बानीबाट असmु गर्न अनुमति दिइनु पर्ने माग गरेको छ । किनकि उनले यो ऋणको व्यक्तिगत ग्यारेन्टी दिएका छन् ।
एनसीएलटी मुम्बईले आफ्नो टिप्पणीमा, ’आरसीओएम र आरआईटीएल दुबै जनवरी २०१७ मा ऋण नतिरेपछि खराब कर्जामा राखेको थियो । अम्बानीको ऋण खाता २७ अगस्ट २०१६ बाट गैर बैंकिंग सम्पत्ति घोषित गरेको थियो ।
२०१९ को शुरुमा आरकमलाई बैंकक्रप्ट हुँदै छ भन्ने जानकारी दिँदै ३३,००० करोड ऋण तत्काल तिर्न भनिएको थियो । यद्यपि बैंकहरूले कि २०१९ अगस्टसम्म आरकममा ४९, ००० करोड ऋण तिर्न बाँकी थियो ।
यस बर्षको मार्चमा एसबीआई बोर्डले आरकमको लागि ऋण चुक्ता गर्ने सवर्ण मौका दिँदै ५० प्रतिशत छुट दिएर २३,००० करोड रुपैयाँ भारु असुल गर्छौ भनेको थियो ।
प्रतिक्रिया दिनुहोस