aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कम्पनीमा नजाने यातायातको रुट पर्मिट खारेज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० जेठ २०७६
कम्पनीमा नजाने यातायातको रुट पर्मिट खारेज

काठमाडौं । यातायात व्यवस्था विभागले संस्था दर्ता ऐन, २०३४ अन्तर्गतका संघ-समितिमार्फत सेवा दिइरहेका सवारी साधानको रुट परिमिट खारेज गरेको छ । योसँगै कम्पनीमा दर्ता नभएका सवारी साधनले यात्रु ओसारपसार र ढुवानी सेवा दिन नपाउने भएका छन् । 

विभागले यातायातसम्बद्ध संघ-समिति अन्तर्गत रहेर सेवा दिइरहेका सवारी धनीलाई कम्पनीमा दर्ता भएर आउन दिएको समय सकिएसँगै रुट पर्मिट खारेज गरेको हो । 

कम्पनीमा दर्ता हुन बाँकी यातायातसम्बद्ध संघ-समितिको नवीकरण पनि नहुने विभागले प्रष्ट पारेको छ । उसले संघ समितिमा आवद्ध सवारी धनीलाई कम्पनीमा दर्ता भएर विभागमा पञ्जीकृत हुन जेठ १८ गतेसम्मको समय दिइएको थियो । कम्पनी रजिस्ट्रारको कार्यालयका अनुसार सो अवधीमा संघ समिति मातहतका एक सय ६० हाराहारी यातायात व्यवसायी कम्पनीमा दर्ता भएका छन् ।

कम्पनी रजिस्ट्रारको कार्यालयका रजिस्ट्रार भुवनहरि अर्यालले हालसम्म एक सय ६० हाराहारीमा यातायात संघ समितिमा आबद्ध व्यवसायी कम्पनीमा दर्ता भएको बताए । 'शनिवार रातिसम्म कम्पनीमा दर्ता गर्ने समयसीमा थियो,' उनले भने, दर्ता भएका कम्पनीको आन्तरिक काम भइरहेको आजको नागरिक दैनिकमा खबर छ । 

उनका अनुसार दर्ता भएका कम्पनीको कागजात रुजु गर्ने काम भईरहेकाले संख्या केही थपघट हुन सक्नेछ । प्रक्रिया पूरा गरेर आउने सबै व्यवसायीको दर्ता प्रक्रिया अगाडि बढाएका छौं, उनले भने रीत नपुगी नआउनेको दर्ता हुन सकेको छैन् । 


 

प्रतिक्रिया दिनुहोस