aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कोरोनाका कारण संसार जेल बन्यो, वुहानमा भने यस्तो रमाइलो !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ भदौ २०७७
कोरोनाका कारण संसार जेल बन्यो, वुहानमा भने यस्तो रमाइलो !

कोरोना भाइरसको उद्धगम स्थल मानिएको चीनको वुहान सहरमा भएको एउटा लोभलाग्दो कन्सर्ट र भव्य मनोरञ्जनले संसारलाई लोभ्यायो । आफुहरु कोरोनाको डरले सहर नै बन्द गर्ने र घरभित्रै थुनिने अवस्थामा पुगेका बेला वुहानमा भएको वाटर पार्क कन्सर्टलाई धेरैले आलोचनाको विषय बनाए । 

तर, चीनले दिएको जवाफ भने गज्जावको छ । उसले भनेको छ, ‘अंगुर अमिलो छ भनेर चित्त बुझाउनुको विकल्प अरुसँग छैन । किनकी अन्य देशहरुले ठि ढंगले कोरोना महामारीको व्यावस्थापन गर्न नजानेर समस्या जटिल बनेको हो ।’ 

अगष्ट १७ तारिकका दिन त्यहाँ भएको रमाइलोका भिडियो र तस्बिरहरु सार्वजनिक भए । जसमा कुनै पनि सहभागीहरुले मास्क लगाएक छैनन । न त सामाजिक दुरी नै कसैले कायम गरेका छन् । त्यसैले तस्बिर र भिडियोहरु तुरुन्तै भाइरल भए । 

चीनले भने कोरोना पछिको आशाको वातावरण बनेको अर्थमा यसलाई सार्वजनिक गरेको थियो । तर, अष्ट्रेलियबाट प्रकाशित हुने डेल्ली टेलिग्राफले भने संसारले भाइरसको मूल्य तिर्नु परेका बेला वुहानले समुन्द्री किनारमा मोजमस्ती गरेको भन्दै आलोचना गरेको छ । जसलाई जवाफ दिने क्रममा चीनले विदेशीहरुको अंगुर अमिलो छ भन्ने कथनसँग जोडेको छ । 

चीनको सरकार नियन्त्रित सञ्चार माध्यम ग्लोबल टाइम्समा प्रकाशित एक लेखमा भनिएको छ, ‘यो वुहान सहरका बासिन्दाहरुको दृष्य हो । जहाँ मानिसहरु नाचिरहेका छन् । र, गर्मीको बेला वाटर पार्कको चिसो पानीका रमाइरहेका छन् । यो त्यहि सहर हो जुन ७६ दिनसम्म लकडाउनमा थियो ।’ 


 

प्रतिक्रिया दिनुहोस