aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

चीनमा कीराबाट बनाइरहेको भ्याक्सिनलाई मानिसमाथि ट्रायल गर्न अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ भदौ २०७७
चीनमा कीराबाट बनाइरहेको भ्याक्सिनलाई मानिसमाथि ट्रायल गर्न अनुमति

एजेन्सी । चीनले कीराको सहयोगबाट बनाइरहेको एक सम्भावित कोरोना भाइरसविरुद्धको भ्याक्सिनलाई मानिसमा ट्रायल गर्न अनुमति दिएको छ । 

समचार एजेन्सी रोयटर्सका अनुसार यो जानकारी शनिबार चीनको चंगदु शहरको स्थानीय प्रशासनले दिएको हो । चीन कोरोना भाइरसको महामारीलाई रोक्नका लागि सस्ता भ्याक्सिन बनाउने विश्वव्यापी दौडमा संलग्न छ । 

सोशल मिडिया भि–च्याटमा चंगदूको शहरी प्रशासनले एक सूचना साझा गर्‍यो, जस अनुसार कोरोना भाइरसको खोपको लागि कीराको कोशाहरूको प्रयोग गरी प्रोटीन बनाएको छ। चीनमा यस्तो पहिलो खोप हो ।

नोटिसका अनुसार सचुआन विश्वविद्यालय चंगदुको वेस्ट चाइना अस्पतालमा तयार गरिएको यो खोप राष्ट्रिय मेडिकल उत्पाद प्रशासनबाट क्लिनिकल परीक्षणको लागि स्वीकृत भएको छ ।

नोटिसमा यो पनि लेखिएको छ, ‘जब यो खोप बाँदरहरूमा परीक्षण गरिएको थियो, यो देखियो कि यसले सार्स–कोभ २ संक्रमणलाई कुनै साइड इफेक्ट बिना रोक्दछ ।’

चिनियाँ वैज्ञानिकहरूले कम्तिमा आठ अन्य सम्भावित कोरोना भाइरस खोपहरुमा काम गरिसकेका छन, जुन विभिन्न डिग्रीको क्लिनिकल परीक्षणमा छन् । जर्मनी र संयुक्त राज्य अमेरिकाका केही कम्पनीहरूले स्थानीय चिनियाँ कम्पनीहरूलाई प्रयोगात्मक भ्याक्सिन परीक्षण गर्न सहयोग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस