aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

अत्यावश्यक बस्तु भन्दै मदिरा ओसार्ने पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ भदौ २०७७
अत्यावश्यक बस्तु भन्दै मदिरा ओसार्ने पक्राउ

तनहुँ । निषेधाज्ञाका समयमा तनहुँमा अत्यावश्यक वस्तुका भन्दै मदिराको कारोबार गर्ने एक मदिरा ब्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बन्दिपुर–१ डुम्रेस्थित भट्ट किराना पसलका सञ्चालक नन्दलाल भट्ट  छन् । डुम्रेबाट मदिरा लैजाने क्रममा उनलाई भानु नगरपालिका–१३ चन्द्रावतीबाट प्रहरीले पक्राउ गरेको हो ।

खाद्यान्न भन्दै मदिराको कारोबार गरेको खुलेपछि सवारी साधनसहित उनलाई शनिबार पक्राउ गरिएको चन्द्रवती प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामबहादुर गुरुङले जानकारी दिए ।

आवश्यक कानूनी कारवाहीका लागि सवारी साधनसहित भट्टलाई इलाका प्रहरी कार्यालय डुम्रेमा पठाइएको उनले बताए ।

उनलाई कानूनी कारवाहीका लागि आइतबार जिल्ला प्रशासन कार्यालय दमौलीमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

भानु नगरपालिकामा कोरोनाको सङ्क्रमण समुदायस्तरमा फैलिएको र अझै पनि जोखिम कायमै रहेको भन्दै सरकारले यही भदौ १ गतेदेखि निषेधाज्ञा गरेको छ ।

प्रतिक्रिया दिनुहोस