aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

एउटै योजनामा पाँचथरि बजेट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० जेठ २०७६
एउटै योजनामा पाँचथरि बजेट

रसुवा । सरकारले आर्थिक वर्ष २०७६/०७७ को लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा एउटै आयोजनामा पाँचथरि बजेट परेको छ । उत्तर दक्षिण सीमा जोड्ने सबैभन्दा छोटो दूरीको रसुवागढी गल्छी ठोरी मार्ग निर्माणको लागि पाँचथरि बजेट परेको हो ।

ठोरी रसुवागढी सडक निर्माण, बेत्रावती-स्याफ्रुबेंसी खण्डमा सुरुङ निर्माणका लागि सम्भाव्यता अध्ययन, गल्छी-त्रिशुली-बेत्रावती-मैलुङ सडक दुई लेनमा स्तरोन्नति गर्ने, पुल निर्माण गर्ने र मैलुङ-स्याफ्रुबेंसी सडक कालोपत्रे गर्ने शीर्षकमा योजना राखिएको छ । 

उल्लेखित शीर्षकहरु बजेटमा सडक पूर्वाधारअन्र्तगत १७५ र १७९ बुँदामा उल्लेखित गरिएको छ । अन्य शीर्षकमा रकम नतोकिएको भए पनि कालोपत्रका लागि भने एक अर्ब ५८ करोड बजेट विनियोजन गरिएको छ ।

एउटै शीर्षकमा बजेट आउँदा कार्यान्वयमा समस्या आउने भएकाले फरक फरक शीर्षकमा बजेट आएको हुनसक्ने गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी सडक आयोजनाले जनाएको खबर आजको नागरिक दैनिकमा छ । 

 


 

प्रतिक्रिया दिनुहोस