aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

रसियाले फेरि अर्को खोप बनायो, कुनै साइड इफेक्ट नभएको दावी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ भदौ २०७७
रसियाले फेरि अर्को खोप बनायो, कुनै साइड इफेक्ट नभएको दावी

एजेन्सी । रूसले फेरि अर्को कोरोना भाइरसको खोप बनाएको दावी गरेको  छ ।  ११ अगस्तमा रूसी राष्ट्रपति भ्लादिमीर पुतिनले भनेका थिए रसियाले कोरोना भाइरसको सफल खोप तयार गरिसकेको छ । कोरोना भाइरसको खोप बनाउने पहिलो देश रूस बन्यो । रसियाले पहिलो कोरोना खोप प्रयोग गर्न पनि अनुमति दियो ।

अब रूसले दोस्रो खोप तयार गरेको दाबी गरेको छ । डेली मेलको रिपोर्टका अनुसार रसियाले पहिलो खोपको साइड इफेक्टहरू नभएको दावी गरिपनि नयाँ खोप प्रयोगमा ल्याउने छैनन । EpiVacCorona नाम दिइएको छ ।  रसियाले साइबेरियाको वल्र्ड क्लास भाइरोलजी इन्स्टिच्यूट (भायरोट र बायोटेक्नोलजीको भेक्टर स्टेट रिसर्च सेन्टर) मा EpiVacCorona खोप निर्माण गरेको दावी गरेको छ ।  पहिले यो संस्थानमा  टाप सीक्रेट बायोलोजिकल वेपन रिसर्च अनुसन्धान प्लान्ट रहेको थियो । 

रूसी वैज्ञानिकहरूले एपीवाककोरोना खोपको क्लिनिकल परीक्षण सेप्टेम्बरमा सम्पन्न गर्ने दाबी गरेका छन् ।  तर, खोप लिइसकेका ५७ जना स्वयंसेवकहरूले कुनै पनि साइड इफेक्ट नदेखिएको बताइएको  छ । सबै स्वयम्सेवक स्वस्थ छन् र स्वास्थ महसुस गरिरहेका छन् । 

एपीवाककोरोनाको दुई खुराक पनि लागू हुनेछ। दोस्रो खुराक १४देखि २१ दिन पहिलो खुराक पछि दिइनेछ । रसियाका अनुसार यो खोप अक्टोबरमा दर्ता हुनेछ र नोभेम्बरबाट उत्पादन सुरु हुनेछ । 

भेक्टर स्टेट रिसर्च सेंटर अफ वायरोलोजी एण्ड बायोटेक्नोलोजीे कोरोना भाइरसको १३ सम्भावित खोपहरूमा काम भइरहेको  छ ।  यी खोपहरू प्रयोगशालामा जनावरहरूमा परीक्षण गरिएको थियो । चीन, अमेरिका र बेलायत पनि कोरोनाको सफल खोप तयार गर्नमा व्यस्त छन् र तीन देशका धेरै खोपहरूका तेस्रो चरणको ट्रायलमा चलिरहेको छन ।
 

प्रतिक्रिया दिनुहोस