aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

करेन्ट लागेर बालकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ भदौ २०७७
करेन्ट लागेर बालकको मृत्यु

बुटवल । कपिलवस्तुमा एक बालकको करेन्ट लागेर मृत्यु भएको छ ।

प्रदेश ५ प्रहरी कार्यालयका अनुसार कपिलवस्तु नगरपालिका ७ धम्कौली बस्ने सन्तोष शुक्लाका ८ वर्षीय छोरा मन्तोषको पानी तान्ने मोटर जडान भएको मेसिनमा खेल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेपछि उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लगिएपनि उनको मृत्यु हुन पुगेको प्रदेश ५ प्रहरी कार्यालयले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस