aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

चिनियाँ खेलौनाको प्रभुत्व समाप्त पार्दै भारत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ भदौ २०७७
चिनियाँ खेलौनाको प्रभुत्व समाप्त पार्दै भारत

एजेन्सी । भारतमा अब चिनियाँ खेलौनाको प्रभुत्व समाप्त हुन लागेको छ । भारतले आफूलाई आत्मनिर्भर भारत अभियान अन्तर्गत अब स्वदेशी खेलौना बनाउने कुरामा जोड दिइनेछ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस विषयमा वरिष्ठ मन्त्रीहरू र अधिकारीहरूसँग पनि बैठक समेत गरेका छन् ।

बैठकमा प्रधानमन्त्री मोदीले भारतीय खेलौनाको उत्पादन बढाउने बारेमा कुरा गरेका थिए । भारतमा स्वदेशी खेलौना उत्पादन गर्ने धेरै समूह र हजारौं कालिगडहरू छन् । प्रधानमन्त्री मोदीले भने, ‘उनीहरूले बनाएका आदिवासी खेलौनाहरूले सांस्कृतिक स्नेह मात्र पाउँदैनन तर सानै उमेरमा बच्चाहरूमा जीवन–कौशल र मानसिक सीपको विकासमा पनि सहयोग पु¥याउँछन्। प्रधानमन्त्री मोदीले भने कि यस्ता समूहहरुलाई नयाँ तरिकाले प्रोत्साहित गर्नु पर्छ ।’

मोदीले स्टार्टअप र युवाहरुलाई खेलौना क्षेत्रको नवीनतामा ध्यान दिन अपील गरेका छन् । प्रधानमन्त्री मोदीले वातावरणमैत्री खेलौना बनाउन पनि जोड दिएका छन् । 

भारतीय बजारमा चीनका खेलौनाहरू प्रभुत्वमा छ ।  तर गत जुनदेखि गाल्वान उपत्यकामा तनावपछि चिनियाँ सामानको बहिष्कारको अभियान चरम सीमामा छ । यस आन्दोलनको कारणले, चीनको खेलौनाको माग पनि कम भएको छ । घरेलु उत्पादनहरूको माग बढेको छ । यही कारण हो सरकारले पनि खेलौनाको उत्पादन घरेलु स्तरदेखि विश्वव्यापी तहमा बढाउदैछ । 
 

प्रतिक्रिया दिनुहोस