aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नेपालले रोयल्टीको लोभमा सगरमाथामा दुर्घटना बढाएको आरोप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० जेठ २०७६
नेपालले  रोयल्टीको लोभमा सगरमाथामा दुर्घटना बढाएको आरोप

यस वर्ष विश्वकै सर्वाेच्च शिखर सगरमाथा आरोहीको संख्या बढेसँगै मृतक पनि बढेका छ । सन् २०१९ मा नौ आरोहीको मृत्यु भएको पर्यटन विभागले जनाएको छ । यस वर्ष भारतका चार, अमेरिकाका दुई, बेलायतका एक, आयरल्यान्डका एक र एक नेपाली आरोहीको मृत्यु भएको छ ।  यस सिजनमा तीन सय ८१ जनाले सगरमाथा आरोहण गरेका छन् । 

सगरमाथामा ट्राफिक जामका कारण बढीले ज्यान गुमाउनुपरेको चर्चाबीच आरोहीको संख्या तोक्ने कि नतोक्ने भन्ने विषयमा बहससमेत सुरु भएको छ । कतिपयले सगरमाथा आरोहणलाई सस्तो बन्न दिन नहुने र यसका लागि निश्चित मापदण्ड तय गरिनुपर्ने माग पनि गरेका छन् । 

तर, सरकार र शेर्पाहरू भने आरोहीको संख्या बढी भएकैले मृतकको संख्या बढेको अस्वीकार गर्छन् । अनुभवी गाइड र शेर्पा नलगेकाले आरोहीको मृत्यु भएको जानकारहरू बताउँछन् । यस वर्ष तीन सय ८१ जनाले पर्यटन विभागबाट आरोहणको अनुमति लिएका थिए । उनीहरूको शेर्पा र गाइडसमेत ६ सय ३१ जना सगरमाथा आरोहणमा गएका थिए । आरोहीको संख्या अघिल्ला वर्षमा भन्दा बढी भए पनि अत्यधिक होइन ।  

द न्युयोर्क टाइम्स, रोयटर्स , द वासिंगटन पोष्ट र फाइनान्सियल टाइम्सले सगरमाथा माथि गम्भीर बहस चलाएको समाचार समाचार आजको नयाँ पत्रिका दैनिकमा  छ । फाइनान्सियल टाइम्सले ' सगरमाथा चदना युकेको ज्याग्ड ग्लोबले प्रतिव्यक्ति ४५ हजार चार सय ९० डलर शुल्क लिइरहंदा नेपाली कम्पनीहरुले २५ हजार डलर मात्रै लिन्छन ।' 

प्रतिक्रिया दिनुहोस