aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

यी जनावर जसले आफ्नो बच्चालाई पनि मारिदिन्छन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० जेठ २०७६
यी जनावर जसले आफ्नो बच्चालाई पनि मारिदिन्छन्

एजेन्सी । स्तनधारी जनावरमा आफ्नो बच्चाको हत्या गर्नु सामान्य हो । २८९ स्तनधारी प्रजातिमा एक नयाँ सर्वेक्षणले करिब एक तिहाई प्रजातिमा शिशु हत्या सामान्य जस्तै हुने देखाएको छ । 

धेरै पटक जनावरहरु आफ्नो सामाजिक समूहका युवा सदस्यलाई मारिदिन्छन् । कहिले कोही समूहका आमाहरु अर्को समूहका बच्चालाई मार्ने फैसला गर्छन् । उनीहरु एक आपसमा आफुलाई सुरक्षित राख्न अर्को समूहका शिशुहरुको हत्या गर्न पछि पर्दैनन् । 

शिशु हत्या सामान्यः 


आफ्नो करियरको शुरुवातमा मानव विज्ञान तथा प्राइमेटोलोजिष्ट सारा हर्डीले लंगुरमा शिशु हत्याको रिपोर्ट बनाएकी थिइन् । लंगुर बादरको एक प्रजाती हो जो पुरै एशियामा फैलिएको छ । उनले आफ्नो रिपोर्टमा शिशु हत्याबारे खोज गरेकी थिई । उनको पहिलो रिपोर्ट लगभग ४० वर्षपछि सार्वजनिक हुँदा जनावरमा शिशु हत्या चर्चामा आएको थियो ।  

हत्यारा आमाको बारेमा कुरा गर्दा उनीहरुलाई केही गर्दा एकदमै असहज हुन्छन् । उनीहरु अर्को प्रजातीका लागि पनि खतरा हुन्छ । उनको रिपोर्टबाट यो पुष्टि हुन्छ की जनावरमा पनि शिशु हत्या हुन्छ । तर यो किन हुन्छ भन्ने प्रमुख प्रश्न रहन्छ । 

१९७० को दशकमा हर्डीले गरेको अनुसन्धान रिपोर्ट बाहिर आउँदा उनी एकदमै विवादित भईन् । अहिले उनी भन्छिन्, पशुहरुमा शिशु हत्या सामान्य जस्तै हो । उनी दक्षिण अमेरिकाको जंगलमा रहने अफ्रिकी बादर (मर्मोसेट) को उदाहण दिन्छन् । 

गर्भाअवस्थामा हत्याको विचारः  


गर्भावस्थाको बारेमा मानिस यही सोच्छन्, की यो समय महिलाहरुमा हुने हर्मोन्स उसको बच्चाका लागि सकारात्मक सोच्न प्रेरित गर्छ । र आमाले बच्चाप्रति आत्मिय सम्बन्ध बनाउँछन् । तर मर्मोसेटको सन्दर्भमा भने एकदमै फरक छ । 

हर्डी भन्छिन्, 'जब मादा मर्मोसेट गर्भवती हुन्छिन्, अर्थात बच्चालाई जन्म दिनको लागि तयार हुन्छिन्, त्यो बेला शिशु हत्याको लागि सबैभन्दा बढि प्रेरित हुन्छिन् ।'  

२००७ मा गरिएको एक अध्ययनमा एक महिनाको मर्मोसेटको हत्या गरिएको उल्लेख गरिएको थियो । समूहकी महिला प्रमुखले अर्को समूहको महिला प्रमुखको बच्चालाई मारिदिईन् । उनले त्यो बच्चालाई गर्भवती भएको बेला मारिदिइन् । पछि उनले जुम्ल्याह बच्चालाई जन्म दिईन् र समूहकी नेता बनिन् । 

यो सोच विचार गरेर हत्या गरेको जस्तो लाग्न सक्छ । तर हत्यारा आमाले आफ्नो बच्चाको सुन्दर भविश्य तथा सुरक्षित बनाउन अर्को समूह नेताकी शिशुको हत्या गरेकी हुन् ।  
 

प्रतिक्रिया दिनुहोस