aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

उपत्यकामा खाद्यान्न पसल र दूधडेरी बिहान ९:१५ सम्म मात्रै खोल्न पाइने

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • सोमबार, ०८ भदौ २०७७
उपत्यकामा खाद्यान्न पसल र दूधडेरी बिहान ९:१५ सम्म मात्रै खोल्न पाइने

काठमाडौं । उपत्यकाका तीन जिल्लामा खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको बिक्रीको समय सीमा निर्धारण गरिएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक वस्तुको सूचीमा रहेका खाद्य वस्तु, दूध ९दुग्धजन्य पदार्थ०, फलफूल, तरकारी, माछामासु आदिको बिक्रीको समयसीमा निधारण गरेका हुन् । 

तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आइतबार सूचना जारी गर्दै अत्यावश्यक वस्तुको सूचीमा रहेका खाद्य वस्तु, दूध ९दुग्धजन्य पदार्थ०, फलफूल, तरकारी, माछामासु आदिको बिक्री बिहान ९ः१५ बजेसम्म मात्रै गर्न पाइने निर्णय गरेका हुन् ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकाल र ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सूचना जारी गर्दै बिहान सवा ९ बजेसम्म मात्रै खाद्य पदार्थलगायतका अत्यावश्यक वस्तुको सूचीमा परेका सामग्रीको खरिद बिक्री गर्न पाइने जानकारी दिएका छन् ।

प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेको सूचनामा ुअत्यावश्यक वस्तु र सेवामध्ये औषधि, पानी र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि निर्वाध खुल्ला राख्न सकिनेु लेखिएको छ । त्यस्तै, ुअत्यावश्यक वस्तुमध्ये खाद्य वस्तु, दूध ९दुग्धजन्य पदार्थ०, फलफूल, तरकारी, माछामासु आदि बिक्री वितरण गर्ने पसलहरू बिहान ९ स् १५ बजेसम्म खोल्न सकिने,ु सूचना जारी गरिएको छ ।

त्यसरी अत्यावश्यक सामाग्री खरिद बिक्री गर्दा अनिवार्य रूपमा स्वास्थ्य सचेतता अपनाउन पनि सूचनामा भनिएको छ । सरकारले जारी गरेको मापदण्ड पालना गरेर अत्यावश्यक सेवा प्रदान गर्न आग्रह गरिएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचाकार लागि उपत्यकाका तीनवटै जिल्लामा भदौ १० गतेसम्म निशेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस