काठमाडौं । सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाई दुर्घटना न्यूनीकरण गर्न ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणाली चालू आर्थिक वर्षभित्र जडान गरिने भएको छ । त्यसका लागि बोलपत्रको मूल्याङ्कन सकेर यायात व्यवस्था विभाग सम्झौता गर्ने तयारीमा छ ।
विभागका महानिर्देशक गोगनबहादुर हमालले चालू आर्थिक वर्षमा देशभरका सार्वजनिक सवारी साधनमा जीपीएस जोड्ने लक्ष्यसहित काम भइरहेको बताए । उनले बोलपत्र मूल्याङ्कन भई सम्झौता बाँकी रहेको बताए ।
उनका अनुसार १ वर्षमा सबै सार्वजनिक यातायातमा जीपीएस जडानको काम नेपाली कम्पनीले गर्ने छ । ६ महिना सफ्टवेयरको काम गर्ने र ६ महिनामा हार्डवेयरको काम गर्ने हमालको भनाइ छ ।
सुरुमा २–३ सय सवारी साधनमा विभाग आफैँले परीक्षण गर्ने जनाइएको छ । त्यसपछि एसियाली विकास बैंक (एडीबी)सँगको सम्झौताअनुसार काम गरिने छ ।
प्रतिक्रिया दिनुहोस