aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

ट्रम्पलाई १४ वर्ष अघिको शारीरिक सम्बन्धको लागि थप ४४ हजार डलर तिर्न अदालतको आदेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ भदौ २०७७
ट्रम्पलाई १४ वर्ष अघिको शारीरिक सम्बन्धको लागि थप ४४ हजार डलर तिर्न अदालतको आदेश

एजेन्सी।  क्यालिफोर्नियाको शीर्ष अदालतका न्यायाधीशले राष्ट्रपति ट्रम्पलाई स्टेफनी क्लिफर्ड उर्फ ​​स्टर्मी डेनियललाई ४४,१०० डलर दिन आदेश दिएका छन्। अदालतले ती दुई बीचको गोप्य सम्झौताको लागि कानुनी फीस स्वरुप यो रकम तिर्न आदेश दिएको हो।

डानियलले सन् २००६ मा ट्रम्पले लेक टाहोमा अवस्थित एक होटेलको कोठामा उनीसँग शारीरिक सम्बन्ध बनाएको आरोप लगाएकी थिइन्। यद्यपि राष्ट्रपति ट्रम्पले ती आरोपहरू अस्वीकार गरेका छन्। डेनियलका अनुसार कि राष्ट्रपति चुनावको एक दिन अघि अक्टोबर २०१६  मा उनीसँग १.३ लाख डलर लिएर मौन बस्न सम्झौता भएको थियो।

अनलाइनहरूमा प्रकाशित न्यायाधीशको आदेशमा मुद्दा खारेज हुन सक्थ्यो तर डेनियल यस केसमा एक बलियो पक्ष रहेकोले उनले कानुनी मुद्दाको रकम पनि पाउनु पर्छ भन्ने लेखिएको बिबिसीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।

यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी जेठी बहिनी तथा पूर्व सङ्घीय न्यायाधीश मारियन ट्रम्पले उनको भाइलाई झुटो, मूर्ख र क्रूर भनेर वर्णन गरेकी छिन्। एक गोप्य रेकर्डिङमा उनले भनिरहेकी छिन् कि उनको भाइको कुनै सिद्धान्त नै छैन।

ट्रम्पको बहिनीको यो टिप्पणी उनको भतिजी मेरी ट्रम्पले रेकर्ड गरेकी थिइन्। मेरी ट्रम्पको गत महिना एउटा पुस्तक प्रकाशित भएको थियो जसमा राष्ट्रपति ट्रम्पको कडा आलोचना गरिएको छ।

सो रेकर्डमा ट्रम्पकी बहिनी मारियनले यसो भनिरहेको सुन्न सकिन्छ, 'भगवान् हामीलाई उनको मूर्खतापूर्ण ट्विटहरू र झूटहरूबाट बचाउनुहोस्। यो छलकपट र क्रूरता हो।' मेरी ट्रम्पले आफ्नी फुपूसँगको सो वार्ता गोप्य रूपमा राखिन् ताकी गर्दा कुनै पनि कानुनी समस्या आए प्रमाण पेस गर्न सकियोस्।

राष्ट्रपति ट्रम्पको तर्फबाट व्हाइट हाउसले जारी गरेको प्रतिक्रियाका समेत त्यसलाई अस्वीकार गरिएको छैन बरु भनिएको छ,'हरेक दिन केही फरक हुन्छ, त्यसैले यस्ता कुराको कुनै मतलब छैन'।

यो संवाद पहिलो पटक वासिङ्टन पोस्ट अखबारद्वारा प्रकाशित गरिएको थियो, जसलाई पछि एसोसिएटेड प्रेसले पनि प्रकाशित गर्‍यो। गोप्य रेकर्डिङमा ब्यारीले ट्रम्प प्रशासनको माइग्रेसन नीतिको निन्दा समेत गरेकी छिन् । यस नीति अन्तर्गत बच्चाहरूलाई समेत सिमाना छेउछाउमा रहेका आप्रवासी हिरासत केन्द्रहरूमा राखिन्छ।

उनको जीवनी 'टु मच एण्ड नेवर इनफ: हाउ माइ  फमिली क्रिएट दि मष्ट डेन्जरीयस मेन अफ दि वर्ल्ड' मा मेरी ट्रम्पले आफ्नो काका डोनाल्ड ट्रम्पले आफ्नो सट्टा साथीलाई परीक्षा दिन लगाएर सो बापत पैसा दिएको खुलासा गरेकी छिन् ।

रेकर्डिङमा ब्यारीले आफूलाई सो मानिसको नाम समेत थाहा भएको बताएकी छिन्। त्यसो त ब्यारी आफ्नो भाइ डोनाल्डकी सहयोगी नै हुन् र उनले पहिले नै बताइसकेकी छिन् कि उनीहरू दुवै धेरै नजिक छन्। उनले एक पटक भनेकी थिइन कि जब उनलाई कुनै अपरेसनको लागी अस्पतालमा भर्ना गरिएको थियो, उनका भाइ उनलाई दिनहुँ भेट्न जान्थे।

प्रतिक्रिया दिनुहोस