aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

यी पाँच बानीहरूले तपाईंलाई उमेरभन्दा पहिले नै बूढो बनाउँछ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ भदौ २०७७
यी पाँच बानीहरूले तपाईंलाई उमेरभन्दा पहिले नै बूढो बनाउँछ

एजेन्सी । सबैको उमेर समयसँगै बढ्दै जान्छ । तर केही बानीहरू त्यस्ता हुन्छन्। जसका कारण उमेर समयभन्दा अनुहार फरक बनाउन यी काम र बानीले काम गर्छ । 

धेरै गुलियो खाना शरीरको लागि हानिकारक मात्र होइन ।  अनुहारलाई पनि क्षति पु¥याउँछ । हाम्रो शरीरमा रहेका कोलाजेन र इलेस्टिन जस्ता प्रोटिनहरूलाई हानी गर्ने गुलियो बस्तुमा रहेको हुन्छ । यसले विस्तारै छाला क्षति पुर्याउछ । 

राम्रो निद्रा स्वास्थ्यको लागि धेरै महत्वपूर्ण हुन्छ । ७ देखि ८ घण्टा सुत्नु एकदम महत्वपूर्ण मानिन्छ । खराब निन्द्रा कारण शरीरको वजन बढ्ने र प्रतिरक्षा प्रणालीमा गिरावट आउछ । उमेरभन्दा पहिला नै शरीर कमजोर हुदै जान्छ ।

 निरन्तर डाईटिंगले वजनलाई छिटो कम त गर्दछ ।  तर यसले शरीरमा ऊर्जा कम गर्ने र अनुहारमा चाउरी देखा पर्दछ । मेकअपले अनुसारलाई सुन्दर बनाउँछ तर श्रृंगारसँगै राती सुत्नु भयो भने छालाका लागि धेरै हानिकारक हुन्छ । सुत्नु अघि सम्पूर्ण मेकअप सफा गर्नु धेरै महत्वपूर्ण हुन्छ । छालाका प्वालहरूमा स्वच्छ हावा पस्न पाओस ।

प्रतिक्रिया दिनुहोस